मिनी बस कर्णालीमा दुर्घटना : सहचालक बेपत्ता

कालिकोट, २० चैत्र ।
कालीकोट जिल्लाको जिते जारकोट सडकखण्डमा मिनी बस दुघर्टना भएको छ । कर्णाली करिडोरको जितेगडा–कोल्टी सडकखण्डको पचाल झरना गाउँपालिका–८ मा पर्ने भैसिसेन नजिकैबाट मिनी बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली प्रदेश ना ००२ ख ०१६२ नम्बरको मिनी बस आइतबार दिउँसो कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यलय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिनुभयो ।

मिनी बसमा चालक, सहचालक र एक किशोरी सवार थिए। चालक र किशोरी पौडी खेलेर बच्न सफल भएका छन् भने सहचालक बेपत्ता छन् । रास्कोटको शान्तिघाट प्रहरी पोस्टमा इन्ट्री गर्दा तीन जनामात्र सवार भए पनि बाटोमा अन्य यात्रु चढे नचढेको खुलेको छैन ।

दुर्घटनामा परेका सवारी चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बच्नुभएको हो । सहचालक रास्कोट नगरपालिका –१ का १९ वर्षीय जीवन शाही बेपत्ता भएको प्रहरीले बताएको छ । मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको छ ।

मिनी बस कर्णालीमा दुर्घटना : सहचालक बेपत्ता

चौकुनेका ४७ जनालाई जग्गाधर्नी पुर्जा दिने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!