जाजरकोटका १५ जना महिलालाई ड्राईभिङ्ग तालिम

मोहन सिंह
खलंगा, २० फागुन ।
जाजरकोटमा १५ जना महिलाले ड्राईभिङ्ग तालिम लिईरहेकी छन् । सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोग एवं कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो ।
सामाजिक विकास कार्यालय जाजरकोटको चार लाख बजेटबाट उक्त तालिम सञ्चालन भएको कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडका प्रबन्धक शिला विश्वकर्माले जानकारी दिईन् ।
उनका अनुसार जाजरकोटका सात वटै स्थानीय तहका महिलाहरुको उपस्थिती रहेको छ । ड्राईभिङ्ग सिक्न पाउँदा उनीहरु निकै खुशी भएका छन् । तालिम एक महिनासम्म सञ्चालन हुनेछ ।
गोपि कुमारी वि.क. बारेकोट–१, निर्मला खत्री नलगाड न.पा.–२, अनसरी नेपाली कुशे गा.पा.–७, हजारी वि.क. भेरी न.पा.–१, कल्पना नेपाली बारेकोट–९, मनिसा विश्लु कुशे गा.पा.–५, दिपा सिंह (रावत) बारेकोट–५ तालिमका सहभागि रहेका छन् ।
त्यसैगरी बिमला गहतराज भेरी नगरपालिका–१, सुशिला विक भेरी नगरपालिका–३, सरिता विक भेरी नगरपालिका–१, राधिका रावत भेरी नगरपालिका–१, सेलिना विश्वकर्मा भेरी नगरपालिका–१ र पार्वती विक भेरी नगरपालिका–१ बाट तालिममा सहभागिता रहेको छ ।








