तीन सय ४० बोरा चिनी बरामद

सुर्खेत,१७ कात्तिक ।

प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ । बुधवार भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो । बबई चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो।

उक्त ट्रकमा भ्याट बिल, अनलाइन बिल भएको र भन्सारको कागजपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो । प्रति बोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

गोरखापत्र

तीन सय ४० बोरा चिनी बरामद

चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा

तीन सय ४० बोरा चिनी बरामद

किसानलाई खेतीकै चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *