किसानलाई खेतीकै चिन्ता

सल्यान,१७ कात्तिक ।
मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका उम्मेदवारहरूले घरदैलो गरिरहेका छन । अहिले खेतीको सिजन चलिरहेकाले अधिकांश उम्मेदवारहरूले किसानकै बारीमै गएर मत मागिरहेका छन । तर किसानलाई भने पाकेको बाली भि¥याउने र नयाँ बाली लगाउने चिन्ता छ ।
केही उम्मेदवारले किसाानलाई धान काट्न, बाली भित्र्याउन र जोत्न सघाइरहेका छन । उनीहरूले खेतबारीमै पुगेर नमुना मतपत्र दिँदै आफूलाई मतदान गर्न अनुरोध गरिरहेका छन । तर किसान भने पाकेको धानबाली भित्र्याउन, खेत जोत्न, तोरी र गहुँ छर्नमा बिहानदेखि बेलुकीसम्म व्यस्त छन ।
![]()
विगतमा उमेदवारसँगै हिँडेर प्रचारप्रसारमा समेत संलग्न हुने किसानहरूसमेत अहिले निर्वाचनको कुनै मतलब नभएको गर्चेका प्रेमबहादुर विष्टले बताए । आवश्यकता परेको बेला सहयोग नगर्ने नेताहरूका कुरा सुन्न अहिले समय नभएको गर्चेकै निर्मला बुढाले बताइन।
अहिले किसानले उम्मेदवारहरूका कुरा सुन्न छाडेको कालीमाटी गाउँपालिका–२ माघेका नन्दबहादुर डाँगीले बताए । ‘हामीलाई असार÷साउनमा रासायनिक मल चाहिएको थियो, हामीले बारम्बार माग गर्दा अनुदानको मल पाउन सकेनौं,’ उनले भने, ‘न बिउँ समयमा पाइन्छ, नेताले जनतालाई सघाउदैनन् भने हामीले किन उनीहरूको कुरामा वास्ता दिने ?’
कान्तिपुर





