चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा गर्दै देउवा

काठमाडौं,१७ कात्तिक ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन् । बुधबार कैलालीको धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेल्धुरा जाने कार्यक्रम छ। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन् । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज मह्यान्ह १२ः३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तो कात्तिक १८ गते बिहान ११ः३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २ः१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् । यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।

देउवाले चुनावी घरदैलो भने गर्ने छैनन्। कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहा दुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्। गत वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको मत हेर्दा डडेल्धुरामा नेपाली कांग्रेस अगाडि छ।

कांग्रेसले २१ हजार सात सय ३५ मत पाएको थियो। यस्तै नेकपा माओवादी केन्द्रले १२ हजार ८ सय ७८ मत ल्याएको थियो। नेकपा एमालेले भने यहाँ १० हजार चार सय ४९ मत ल्याएको थियो। नेकपा एकीकृत समाजवादीले पाँच हजार ४१ मत र नेपाली कांग्रेस बिपीले ३ हजार ६ सय ४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सय १४ र जनता समाजवादी पार्टीले १ सय ५६ मत पाएका थिए। यहाँ सत्ता गठबन्धन एमाले नेतृत्वको गठबन्धनभन्दा धेरै मतान्तरले अगाडि देखिन्छ।

देउवाले बुधबार कैलाली पुगेर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनाव शान्तिपूर्ण वातावरणमा हुने बताएका थिए। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारका पक्षमा मत दिन आग्रह गरेका थिए।

एक्लाएक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने भएकोले दलहरू गठबन्धन गरेर चुनाव लड्नुपरेको पनि देउवाको भनाइ थियो। उनले अबको चुनावपछि राजनीतिक स्थिरतातर्फ देश जाने पनि बताएका थिए भने संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणका लागि मंसिर ४ को चुनाव महत्वपूर्ण रहेको देउवाको भनाइ थियो ।

सेतोपाटी

चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा गर्दै देउवा

बाफिकोटमा मददाता सम्बन्धि वडा सचिब सङ्गको अन्तरक्रिया

चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा गर्दै देउवा

तीन सय ४० बोरा चिनी बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *