माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

हुम्ला, १७ असोज ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उनले एमाले प्रवेश गरेका हुन ।

एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रवेश गरेको जानकारी दिए । उनका अनुसार बालकोटमा प्रवेश कार्यक्रम राखेर अध्यक्ष ओली तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका लगाएर लामालाई पार्टी प्रवेश गराए ।

एनि  सहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष विष्णुुबहादुुर लामा पनि एमाले प्रवेश गरे । त्यसैगरी अन्य केहीले पनि माओवादी गाउँपालिका र तथा जिल्लास्तरका नेताहरुले एमाले प्रवेश गरे । कार्यक्रममा एमाले हुम्लाका नेताहरुको उपस्थिति थियो ।

२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामा हुम्लाबाट चुनाव जितेका थिए । उनि माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । यस पटकको निर्वाचनमा आफू नउठ्ने यसअघि नै उनले बताउदै आए पनि एमाले प्रवेश गरेसंगै उनि उम्मेदवार बन्ने चर्चा हुन थालेको छ ।

विशेषगरी हुम्लाकै माओवादी नेताहरु विजय भण्डारीको समुूहले आफूलाई घेराबन्दीमा पारेको उनले हुम्लाका केही नेतासँग गुनासो गर्दैआएका थिए । आइतबार खुमलाटारमा माओवादी अध्यक्ष प्रचण्डलाई जिल्लाका माओवादी नेताहरु भेट्न जाने कार्यक्रममा पनि लामाको उपस्थिति थिएन ।

२०७४ मा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए । दुुई वटा आमनिर्वाचनमा उनले कम मतान्तरले निर्वाचन जितेर रेकर्ड कायम गरे ।

तत्कालीन शाही शासनका बेला राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी उनँले सम्हालिसकेका छन् । नेकपा विवाद कालमा समेत सुरुमा उनि अध्यक्ष ओली समूहमा लागेका थिए ।

गोरखापत्र

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

सुर्खेत भ्यालीको फोहोर फाल्ने तारेभिर डम्पिङ साइटमा

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!