हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुुम्ला, १७ असोज ।

बडा दशैंको अष्टमीको दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत परिसरमै सो कार्यालय स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताइन । सो कार्यालय जिल्ला अदालतमै स्थापना गरिएको उनले जानकारि दिइन् ।

यसअघि सर्वपक्षीय बैठकले निर्णय गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालतमै स्थापना गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

कार्यालय जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले उद्घाटन गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख र ठूला तीन वटै राजनीति दलका नेताको उपस्थिति रहेको थियो ।

गोरखापत्र

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!