हुम्लाको तल्लो क्षेत्र तिन हप्तादेखि सञ्चार विहीन

काली बहादुर थापा
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब ३ हप्ता देखी टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड सहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् ।
सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबैखालका काम कारबाही प्रभावित भएको बताइएको छ ।
टेलीफोन सेवा अवरुद्ध भए पछि कहाँ र कसरी अवरुद्ध भएको खबर समेत हुँन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।
यहाँका नागरीकहरु फोन गर्नकै लागि अग्लो डाँडामा गएर घण्टौ कुरेर फोन गरेर फर्किनु पर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निवार्चन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरी र म्यादी प्रहरीलाई समेत जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न समेत गाह्रो भएको बताएका छन् ।





