चम्फा पुरीको उम्मेदवारी खोसिएपछि सल्यान एमालेमा लफडा !

दुर्गा विसी
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिएकी चम्फा पुरीको उम्मेदवारी खोसिएपछि सल्यान एमालेमा लफाडा सुरु भएको छ ।
बीना जानकारी खोसिएको भन्दै एमाले जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारबाहीको माग गरिएको छ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरुले समेत पुनको विरोध गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन,अनेमा संघ, युवा संघ लगाएतले पुनकाे कडा रुपमा विरोध गरेका छन् ।
पुनले मनलाग्दि रुपमा घिर्णित कार्य गरेको भन्दै एमाले नगरका सबै संगठनहरु विरोधमा उत्रिएका हुन् । वनगाड कुपिण्डेमा पुन पनि स्वंयम मेयरका उम्मेदवार छन् ।
उनका कारणले वनगाडमा एमाले दुईधारमा विभाजित बनेको छ । जसको असर स्वंयम पुनलाई नै पर्ने नेता कार्यकर्ताहरु बताउँछन् । एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहको निर्देशनपछि पुनले पुरीको उम्मेदवारी खोसेका थिए ।
जिल्ला कमिटी सदस्य तथा एमाले वडा नं –१० का अध्यक्षका उम्मेदवार मोतिलाल घर्ती, देवेन्द्र पुरी, नारद घर्ती, नगर सचिव राजेश ओली, तेजेन्द्र बुढा, पुष्पा कुमारी खड्का, वडा कमिटी अध्यक्ष, सचिव लगाएतको सिंगो टीम अहिले पुन विरुद्ध उत्रिएको छ ।
एमालेभित्र देखिएको लफडाले अन्य राजनीतिक दललाई चुनावमा सघाउ पुग्ने आंकलन धेरैले गरेका छन् । सचिव राजेश ओलीले जिल्ला तथा नगरमा समेत अल्पमतमा रहेका जिल्ला अध्यक्ष पुनलाई अनुशासन आयोग समक्ष तत्काल कारवाहिको माग गरेका छन् ।









