पुर्वी सुर्खेतका पालिकामा निशुल्क आँखा शिविर संचालन हुने

दिलिप ढकाल
कात्तिक,१५ सुर्खेत ।
पुर्वी सुर्खेतका भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा मोतिविन्दुका विरामीहरुका लागी निशुल्क आखा शिविर सन्चालन हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ्य परिक्षण कार्यक्रमको आर्थिक सहयोग तथा सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुना को सहकार्यमा गुर्भाकोटमा नगरपालिकामा मोति बिन्दु शिबिर तथा निशुल्क सल्यक्रिया सेवा संचालन हुने छ।
कार्तिक १६ गते देखि कार्तिक २६ गतेसम्म शिविर सन्चालन हुनेछ । शिविरको पहिलो दिन कार्तिक १६ गते भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकीमा, १७ गते भेरीगंगानगरपालिका को छिन्चु र मैनतडा स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर संचालन हुनेछ ।

त्यस्तै कार्तिक १८ गते गुर्भाकोट नगरपालिका को दहचौर र गुमी स्वास्थ्य चौकीमा, १९ गते धारापानी स्वास्थ्य चौकी हिलेमा, २० गते गुर्भाकोट नगरपालिका कै मालारानी र सहारे स्वास्थ्य चौकमा शिवीर सञ्चालन हुनेछ ।
त्यस्तै गुर्भाकोट नगरपालिका को घुमखहरे स्वास्थ्य चौकी र मेहेलकुना आखा अस्पताल मेहेलकुनामा कार्तिक २१ शिविर सन्चालन हुने छ । निशुल्क मोतिविन्दु अप्रेशनका लागी शिवीरबाट छनौट भएका विरामीहरुको कार्तिक २४ गते देखि २६ गतेसम्म मेहेलकुना आँखा अस्पतालमा निःशुल्क अप्रेसन गरिनेछ ।
शिविरमा आँखा चेकजाच का लागी विहान १० वजेदेखि दिउसो २ बजेसम्म निःशुल्क नाम दर्ता गर्ने व्यवस्था मिलाईएको सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिए ।





