निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान

काठमाडौं,१५ कात्तिक ।

निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ । मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ । यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ।

सेतोपाटी

निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान

पुर्वी सुर्खेतका पालिकामा निशुल्क आँखा शिविर संचालन

निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान

मतदाता खोज्न खेतमा पुगे उम्मेदवारहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *