रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

एजेन्सी  : कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ ।

रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।

केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् । उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ । रासस

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

खेलकुद प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

आधारभूत पत्रकारिता तालिम समापन

Leave a comment

Your email address will not be published. Required fields are marked *