अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको हृदयघातका कारण निधन

एजेन्सी ।  चर्चित अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको बुधबार बिहान ४९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

मन्दिरा बेदी र उनका प्रशंसकका लागि यो खबर कुनै ठूलो झट्काभन्दा कम होइन । मन्दिरा र राजका दुई सन्तान छन् । सोसल मिडियामा सेलिब्रिटी र प्रशंसकले राजको निधनमा दुःख जताइरहेका छन् ।

राजको निधनमा शोक जताइरहेका छन् सेलिब्रिटीः

फिल्म निर्देशक ओनिरले राजको निधन पुष्टि गरेका छन् । उनले ट्वीटमा लेखे, ‘असाध्यै छिटो गयौ । हामीले फिल्मनिर्माता राज कौशललाई आज बिहान गुमाएका छौं । असाध्यै दुःखद ।

उनी मेरो पहिलो फिल्म माई ब्रदर निखिलका निर्मातामध्ये एक थिए । उनी ती व्यक्तिमध्ये एक थियो जसले हाम्रो अवधारणालाई विश्वास गरे र हामीलाई समर्थन गरे । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।’

फिल्मनिर्माता रोनी स्क्रुवालाले राजको आकस्मिक निधनमा हैरानी जताएका छन् । रोनीले राजको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

को थिए राज कौशल ?

राज कौशल व्यावसायिक रुपमा निर्देशक र निर्माता थिए । राजले आफ्नो करियर कपीराइटरको रुपमा सुरु गरेका थिए ।

त्यसपछि उनले निर्देशनमा कदम राखे । राज कौशलले एन्थी कौन है, शादी का लड्डु, प्यार मे कभी कभीजस्ता फिल्म निर्देशन गरेका थिए । यस्तै माई ब्रदर … निखिल, शादी का लड्डु र प्यार मे कभी कभीलाई राजले निर्माण पनि गरेका थिए । राजले थुप्रै एड फिल्म बनाएका थिए ।

मन्दिरा बेदी र राज कौशलको विवाह सन् १९९९ मा फेब्रुअरीमा भएको थियो । १९ जून सन् २०११ मा मन्दिराले छोरा वीरलाई जन्म दिएकी थिइन् ।

अघिल्लो वर्ष सन् २०२० मा मन्दिरा बेदी र राजले ४ वर्षकी बालिकालाई धर्मपुत्रीको रुपमा स्वीकारेका थिए । छोरीको नाम उनीहरुले तार बेदी कौशल राखेका छन् ।

अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको हृदयघातका कारण निधन

धादिङमा झोलुङ्गे पुल बनाउँदै मिस नेपाल नम्रता

अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको हृदयघातका कारण निधन

कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *