एकताको पक्षमा लचिलो भएको छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका अस्वस्थ प्रतिस्पर्धालाई स्वीकार गरेर एकताको पक्षमा लचिलो भएको बताएका छन्।

पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी भविष्यलाई राष्ट्रको भविष्यसँग जोडेर कतिपय अस्वस्थ प्रतिस्पर्धाका कुरालाई स्वीकार गरेर पार्टी एकता जोगाउन लागेका छु।’

देश र जनताको समस्यालाई छाडेर पार्टी पद्धतिभन्दा बाहिर रहेर नेता माधवकुमार नेपाल पदीय लडाइँमा लागेका उनले आरोप लगाए।

‘पदको लागि एकपटक मात्रै होइन। पटकपटक अस्वस्थ प्रतिस्पर्धाबाट सम्झौता गरिएको छ। जालझेल, गुटबन्दीको कारणले अस्थिरता पैदा भयो’, ओलीले बैठकमा भने। नेतादेखि सांसदहरूको एउटा प्रयोजनका लागि हस्ताक्षर संकलन गरेर अर्कै काममा प्रयोग गरेको समेत आरोप लगाए।

आफ्नो नेतृत्वको सरकारको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरू भएको उनको भनाइ छ। पदीय आकांक्षाका कारण नै पार्टीभित्र असहज वातावरण बन्दै गएको बताए।

‘दुई बर्ष पूरा भइसकेपछि पार्टीभित्रैबाट राजीनामा माग्न हतार भयो। अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो’, उनले भने, ‘विरोधीहरूसँगको साँठगाँठमामा जे भेटिन्छ त्यसैको प्रयागले झटारो हान्दै पार्टीलाई कमजोर बनाउनतिर लागिरहेका छन्।’

एकताको पक्षमा लचिलो भएको छु : ओली

‘राजा र पञ्चायतसँग लडेका हौं, ओलीको धम्कीले

एकताको पक्षमा लचिलो भएको छु : ओली

जनता निराश छन् भन्दै पूर्वराजाले जन्मदिन नमनाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *