‘राजा र पञ्चायतसँग लडेका हौं, ओलीको धम्कीले को डराउँछ ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले धम्काउने तर्साउने काम गरिरहेको आरोप लगाएका छन्।

विपक्षी गठबन्धनले नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग संघीय संसद भवनमा गरेको अन्तरक्रियामा देउवाले प्रधानमन्त्री ओलीको धम्कीबाट कोही पनि नडराउने बताए।

‘ओलीजीले यहाँ अनावश्यक धम्काउने तर्साउने काम गरिरहनुभएको छ, यहाँ को छ र तर्सिने भन्या! कस्तो नबुझेको उहाँले, देउवाले भने, ‘राजासँग पञ्चायतसँग लडेका मान्छे ओलीसँग किन डराउने हामीहरू ?’

प्रधानमन्त्री ओलीले अदालतलाई समेत धम्क्याइरहेको देउवाको आरोप छ। हुँदाहुँदा मलाई प्रधानमन्त्री बनायो भने… भनेर ओलीजीले न्यायाधीशलाई पनि धम्की दिइरहनुभएको छ’, उनले भने, ‘न्यायाधीशलाई प्रधानमन्त्रीले धम्की त्रास दिँदा के होला न्यायालयको अवस्था?’

उनले कुनै पनि न्यायाधीशले ओलीको धम्कीबाट नडराइ विवेकपूर्ण न्याय गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर मध्यरातमा संसद विघटन गरेको उनले दोहोर्याए।

‘राजा र पञ्चायतसँग लडेका हौं, ओलीको धम्कीले को डराउँछ ?’

पूर्वी अफगानिस्तानमा १० तालिवानी लडाकु मारिए

‘राजा र पञ्चायतसँग लडेका हौं, ओलीको धम्कीले को डराउँछ ?’

एकताको पक्षमा लचिलो भएको छु : ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *