क्यानडामा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

एजेन्सी । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेकाे छ।

गत सोमवार यता गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० नाघेको बीबीसीले जनाएको छ। र, मृत्यु हुनेमा धेरै ज्येष्ठ नागरिक छन्। अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्ने त्यहाँका अधिकारीले जनाएका छन्।

इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागमा पनि सूचना जारी गरिएको छ।

यस्तै अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। त्यहाँ सन् १९४० यताकै सबैभन्दा बढी तापक्रम पुगेको अमेरिकाको नेशनल वेदर सर्भिसले जनाएको छ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो हुने गरेको बताएका छन्।

क्यानडामा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

मुगुमा निषेधाज्ञा थपियो

क्यानडामा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्री ‘

Leave a comment

Your email address will not be published. Required fields are marked *