यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने टिम

एजेन्सी । मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो। यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन्। अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ।

शुक्रबार राति ९ः४५ बजे स्विट्जरल्यान्डविरुद्ध स्पेन भडिेने छन्। त्यस्तै शुक्रबार राति १२ : ४५ बजे बेल्जियमले इटालीको सामना गर्ने छ। शनिबार राति ९ : ४५ बजे चेक रिपब्लिक डेनमार्क भिड्दा शनिबार राति १२ः४५ बजे युक्रेनले इंग्ल्यान्डको सामना गर्ने छ।

यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने टिम

कार्टुन

यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने टिम

पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७

Leave a comment

Your email address will not be published. Required fields are marked *