कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १४औँ महाधिवेशनमा पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गरी पाण्डेले पार्टीलाई विधि र विधान अनुसार चलाउन आफूले उम्मेदवारी दिएको बताए । १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पाण्डे संस्थापन इतर समूहका प्रखर युवा नेता हुन् । उनले पार्टीलाई सही मार्गमा हिँडाउन सहमहामन्त्री भएर नेतृत्वदायी भूमिका खेल्ने बताए ।

पाण्डेले चार ‘ब’ को अवधारणा पनि अघि सारेका छन् । ‘मैले संगठन सुदृढीकरणका लागि चार ‘ब’ को अवधारणा अघि सारेको छु,’ उनले भने, ‘ चार ‘ब’ भनेको विचार, विधान, बैठक र व्यवस्थापन हो । पार्टीलाई चलाउन यही अवधारणालाई अघि बढाउनुपर्छ ।’

उनले विधान अनुसार पार्टी चले चार ‘ब’ कार्यान्वयन हुने बताए । उनले नेताहरू नसुध्रिएसम्म राजनीतिक नसुध्रिने बताए । ‘पार्टीलाई सुधार्न नेताहरू सुध्रिनुपर्छ । त्यसपछि देश सुध्रिन्छ,’ उनले भने, ‘सुरुमा पार्टी सुधार्न हामी सुध्रिन आवश्यक छ ।’

सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका पाण्डेले १५औँ महाधिवेशनमा आफू महामन्त्री वा उपसभापतिको उम्मेदवार हुने बताए ।

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेले गरे उम्मेदवारी घोषणा

ओमिक्रोनु भेरियन्टबारे सरकारको तयारी

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेले गरे उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा उठ्ने कमल थापाको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *