रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद

काठमाडौं : रुसमा खानीमा दुर्घटनामा कम्तिमा ५१ जनाको मृत्यु भए पछि ५ जनालाई अनुसन्धानकै क्रममा २ महिना कैद सजाय सुनाइएको छ।

रुसी अधिकारीहरूले गत बिहीबार दक्षिणपश्चिम साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको लिस्टभ्याज्नाया खानीमा मिथेन विस्फोट हुँदा ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए।

रुसमा सन् २०१० यताको यो त्रासदी सबैभन्दा घातक मानिएको छ। केमेरोभो सहरको केन्द्रीय जिल्ला अदालतले लिस्टभ्याज्नाया खानीका निर्देशक सर्गेई मखराकोभ, उनका सहायक आन्द्रेई मोलोस्तभोभ र खण्ड पर्यवेक्षक सर्गेई गेरासिमेनोकलाई कैद सजाय सुनाएको हो।

उनीहरूले खतरनाक उत्पादन सुविधाहरूको लागि औद्योगिक सुरक्षा आवश्यकताहरू उल्लङ्घन गरेको आरोप लागेको छ। जसको परिणामस्वरूप धेरै जनाको मृत्यु भएको थियो। दोषी प्रमाणित भएमा उनीहरुलाई ७ वर्षसम्म कैद हुनसक्छ।

मस्कोबाट करिब ३,५०० किलोमिटरपूर्वमा रहेको क्षेत्रमा दुर्घटना भएको थियो। भेन्टिलेसन शाफ्टबाट ९वायु संचार पातलो डण्डा०मा धुवाँ फैलिँदा करिब २ सय ८५ जना खानीभित्र रहेको आपतकालीन मन्त्रालयले जनाएको थियो।

रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद

१४ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके

रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद

सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *