नेपाल बार एसोसिएसनमा वकिलहरुबीच हातपात

काठमाडौं। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरु हातपातमा उत्रिएका छन ।
शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटिएका हुन्।

अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।
‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले’ अधिवक्ता चुडालले भने, ‘मेरो कोट पनि च्यात्तिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’ २०६२ सालमा ४ जनाविरुद्ध सरकारले आतंककारी गतिविधीमा संलग्न भन्दै मुद्दा चलाएको थियो । उक्त मुद्दामा चुडालले विपक्षीको तर्फबाट बहस गरेका थिए ।






