विद्यालय तहमा कक्षा ४, ५ र ९ का नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद्को ८९ औं बैठकले आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने विषयमा निर्णय गरेको हो ।

अहिले विभिन्न मुलका नयाँ पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ सम्मका नयाँ पाठ्यक्रम पनि तयार भएर कार्यान्वयनको प्रक्रियामा रहेको बताए ।

यसका साथै परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने पनि निर्णय गरेको छ ।

विद्यालय तहमा कक्षा ४, ५ र ९ का नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

नेपाल आर्मी सेमिफाइनलमा प्रवेश

विद्यालय तहमा कक्षा ४, ५ र ९ का नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *