शुक्रबार सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं : आज नेपाली बजारमा  सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४०० र चाँदी पाँच रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकेको छ। बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ। बिहीबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदी मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो।

छापावाल सुन यो साताको मंगलबार अधिकतम ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।

शुक्रबार सुन र चाँदीको मूल्य घट्यो

YUGAAWHAN NATIONAL DAILY (2078-7-12)

शुक्रबार सुन र चाँदीको मूल्य घट्यो

सर्वोच्चमा सुनुवाइका लागि तोकिए ८ वटा पेसी

Leave a comment

Your email address will not be published. Required fields are marked *