बलात्कारकाे आराेपीत मन्त्री शाहीलाई बर्खास्तकाे माग : मुख्यमन्त्री कार्यालय घेराउ

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सुर्खेतमा मुख्यमन्त्रको कार्यालय घेराउ गरिएको छ।

नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो र्‍याली निकालेका हुन्।

एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेको थियो।

त्यस्तै अनेरास्ववियु केन्द्रिय कमिटी सचीवालय सदस्य नवीन कुमार योगिले सिङ्गो कर्णालीको गरिमा जोगाउन र अन्याय,अत्याचारका विरुद्धमा जहिले पनि अनेरास्ववियु र युवा संघ नेपाल सडकमा बाघका रुपमा लागि पर्ने बताए ।

उनले भने ‘बलात्कार आरोपित मन्त्रीलाई तत्काल बर्खास्त नगरे कर्णाली प्रदेश सरकारलाई महँगो भार पर्ने र त्यसको सम्पुर्ण जिम्मा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वयंमले लिनुपर्ने छ, साथै तत्काल आरोपीत मन्त्रीलाई बर्खास्त नगरे सम्म थप संसक्त रुपमा चरणबद्द आन्दोलनमा उत्रिने चेतावनी समेत दिन्छौँ ।’

साथै नाराहरु बलात्कार आरोपी मन्त्रीलाई बर्खास्त गर, अपराधी सरकार मुर्दावाद, कर्णाली बासी के भन्छन् बलत्कारिलाइ फाल भन्छन्, अनेरास्ववियू युवा संघ जिन्दावाद, विदेशी दलालहरु होसियार जस्ता नाराहरु र्‍यालीमा तय गरिएका थिए ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।

बलात्कारकाे आराेपीत मन्त्री शाहीलाई बर्खास्तकाे माग : मुख्यमन्त्री कार्यालय घेराउ

एमाले र जसपा छाड्ने जनप्रतिनिधिलाई भदौ २२

बलात्कारकाे आराेपीत मन्त्री शाहीलाई बर्खास्तकाे माग : मुख्यमन्त्री कार्यालय घेराउ

नेकपा एमाले बनगाड कुपिण्डेको अगुवा कार्यकर्ता भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *