नेकपा एमाले बनगाड कुपिण्डेको अगुवा कार्यकर्ता भेला

दुर्गा विसि

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेले अगुवा कार्यकर्ता भेला गरेको छ ।पार्टी फुटको संघारमा नेकपा एमाले बनगाडले पार्टी एक ढिक्का वनाउनका निम्ति भेला आयोजना गरिएको छ ।
भेलालाई नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज,प्रदेश स-इन्चार्ज गुलाव जंग शाह,जिल्ला अध्यक्ष गोविन्द कुमार पुन,प्रदेश परिषद सदस्य दिपवहादुर खड्का,नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन,जिल्ला कमिटी सदस्य आषा वलि,सञ्जिता शर्मा,युवा संघ नगर संयोजक विवेक पुन,शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती लगाएतका महानुभावले धारणा राखेका थिए ।
स्थानीय सरकार र पार्टी विचको सम्बन्ध,पुर्वाधार विकासको मोडेल,वेरोजगारिको लागि रोजगारको अवस्था,शिक्षा र स्वास्थ्यको अवस्थामा जनप्रतिनिधिसँग केही गुनासा सुझाव समेत कार्यकर्ताले व्यक्त गरेका थिए । विकास सन्तुलनका विषयमा खानेपानी,सडक,शिक्षा,स्वास्थ्य र वडा स्तरमा पार्टीको अवस्था वारे अगुवा कार्यकर्ताले गुनासोसँगै सुझाव राखेका थिए ।उक्त गुनासा तथा सुझावलाई नगर प्रमुख पुन र प्रदेश संसद तथा नेक एमाले कर्णाली प्रदेश सचेतक शाहीले प्रतीउत्तर तथा जवाफ दिएका थिए ।अगुवा कार्यकर्ताले धेरै गुनासा व्यक्त गरेका थिए ।
पार्टीका सन्धर्भमा नेकपा एमाले फुटेको होइन । केही थोरै संख्यामा केही मान्छे वहिरगमन मात्रै भएको जिल्ला अध्यक्ष पुनको भनाइ । पार्टीलाई कमजोर वनाउन मात्रै केही टुकटि वाहिरीएको भनाइ ।पार्टी झन मजवुद भएको उद्घोष गरिएको छ । नेता शाहले भने पार्टी फुटाउनुमा मुख्य दोषि केही विदेशी एजेन्टहरुको सहयोगमा माधव नेपाल नै यसको मुख्य दोषि रहेको भनाइ ।
आफ्ना स्वार्थ सिद्घ पूरा गर्नेकै लागि एमालेलाई लात हानेर कांग्रेसलाई भोट हाल्ने गदारिपनालाइ जनताले राम्रो चिन्ने जनाएको छ ।सुर्यबाट चुनाव जितेर रुखतिर लाग्नेहरुको भविष्य इतिहासका सुनौला अक्षरमा लेखिने नेता शाहको टिप्पणी रहेको थियोे । समाजवादि पार्टीको नेतृत्व कर्ताहरु आउदो चुनावी उहाँहरुका एजेन्डा केरुजनमतको कदर नगरि अन्य इसारामा पार्टी छेदविच्छेद वनाउनेलाइ अब इतिहासले कहिल्यै भुल्ने छैन ।
केपि नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको छ । राष्ट्र र राष्ट्रियताका सवालमा,विकास निर्माणकार्य र केपिको चटानि स्वाभिमानका कारण पार्टी भित्र र वाहिरबाट घेरावन्दि गरि सरकार ढलाउने खेल गरिएको जनाएको छ । भेलाले नगर कमिटी विस्तार,कोभिडका कारण मृत्यु भएका पार्टी सदस्यहरु प्रति श्रद्धाञ्जली तथा शोक प्रस्ताव,सदस्यता नविकरण र टोलटोलमा गतिविधिसँगै अभियान सञ्चालन वढाउने निर्णय समेत गरेको छ ।लगाएतनगर अध्यक्ष गञ्जमान वुढाको अध्यक्षतामा भएको भेलाको सञ्चालन भोपाल केसि ९विनायक०ले गरेका थिए ।






