२०८३ बैशाख २५ गते
×

Now Playing

एमाले र जसपा छाड्ने जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म समय, आयोगमा सनाखत अनिवार्य

काठमाडौं : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर अनिवार्य रूपमा सनाखत गर्नुपर्ने भएको छ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दर्ता भएको पार्टीमा २१ दिनभित्र प्रवेश गर्दा आफ्नो पद सुरक्षित रहने व्यवस्था गरिएकाे छ। सोही अनुसार एमालेबाट विभाजित भएको समाजवादी र जसपाबाट विभाजित भएकाे लोसपामा प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर आफ्नो सनाखत गर्नुपर्ने व्यवस्था गरिएकाे छ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) काे दफा ३३ को उपदफा (२) क राजनीतिक दल सम्बन्धी नियमावली २०७४ (दोस्रो संशोधन अध्यादेश) को नियम ५ उपनियम (७) क बमोजिम नयाँ दल गठन भएको मितिले २१ दिनभित्र (भदाै २ देखि २२ सम्म) प्रदेश सभाका सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वमं उपस्थित भै सनाखत गर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।

नयाँ दलमा प्रवेश गर्न चाहेमा मात्र सनाखत गर्नुपर्ने भएकोले प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरूलाई सो सम्बन्धी सूचना सम्बन्धित प्रदेश सभा र स्थानीय तह मार्फत प्रवाह गरी सनाखत गर्ने व्यवस्था प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले मिलाउने व्यवस्था गरेको छ।

नयाँ दल रोज्ने जनप्रतिनिधिले सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लगेर सनाखत गर्नुपर्नेछ।

एमाले र जसपा छाड्ने जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म समय, आयोगमा सनाखत अनिवार्य

अमेरिकी सैनिक : जो अफगान युद्धताका जन्मिए,

Leave a comment

Your email address will not be published. Required fields are marked *