स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका १५ वर्ष

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतको बलिउड यात्राले १५ वर्ष पार गरेको छ । उनले सन् २००६ मा ‘ग्यागस्टर’ बाट बलिउडमा पाइला राखेकी थिइन् ।

उनले बलिउडमा काम सुरु गर्दा उनी नाबालिग थिइन् । उनले फिल्म उद्योगमा आफूले बिताएका वर्षहरुलाई एक कोलाज पोस्ट्मार्फत सार्वजनिक गरेकी छन् ।

भिडियोसँगै कंगनाले लेखेकी छन्, ‘मेरा एक प्रशंसकले पठाएको सन्देशले मलाई निकै खुशी बनायो । फिल्म उद्योगमा मैले काम गर्दा म नाबालिग थिएँ ।

मैले धेरै दुख झेल्नुपर्यो । त्यो समय मेरो उमेर स्कुलमा पढ्ने थियो । करियर बनाउनका लागि मैले मातापिताको सहयोगबिना र बलिउड उद्योगमा आफ्ना मार्गदर्शनका बिना संघर्ष गर्नु उचित थिएन ।’

कंगनाले सन् २००६ मा ‘ग्यागस्टर’, ‘लाइफ इन ए… मेट्रो’, ‘फेशन’, ‘वन अपन ए टाइम इन मुम्बई’, ‘कृष ३’, ‘क्वीन’, ‘तनु वेड्स मनु’, ‘जजमेन्टल है क्या’ र ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

उनले अगाडि भनेकी छिन्, ‘१६ वर्षको उमेरमा मैले एक स्केच तयार गरेर सुरु गरेको करियरमा सफलता हासिल गर्नका लागि दशकभन्दा बढी समय संघर्ष गरेकी छु । म अहिले ३४ वर्षको उमेरमा आफ्नै स्टुडियो बनाउन सक्छु । सफल निर्माता बन्न सक्छु ।’

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका १५ वर्ष

फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका १५ वर्ष

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *