फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक

काठमाडौं  । कोरोनाको कारण फिल्म हल बन्द भएकोले केही फिल्म डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिएका छन् । यस्तैमा फिल्म ‘द आर्टिष्ट’ समेत नेट टिभीमा रिलिज गरिएको छ ।

जीवन शाहीको निर्देशन रहेको फिल्मका निर्माता टीकाध्वज थापा ‘रमेश’ हुन् । कोरोना भाइरसको संक्रमणका कारण हलमा प्रदर्शन गर्न असमर्थ भएपछि नेट टीभीमार्फत दर्शकमाझ फिल्म ल्याइएको निर्माता थापाले बताए ।

सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेशकुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धीरेन्द्र श्रेष्ठ लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ ।

हरि न्यौपानेको छायाँंकन तथा वीरेन्द्र भाटको सम्पादन रहेको फिल्मले कलाकार बन्ने सपना बोकेर फिल्म क्षेत्रमा आउनेको कथा देखाउन खोजेको छ ।

फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक

मोडल बने गायक सोनु निगम

फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका

Leave a comment

Your email address will not be published. Required fields are marked *