हलिउड फिल्म ‘सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

एजेन्सी । ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म ‘सिटाडेल’को सुटिङका क्रममा चोट लागेको हो ।

फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा चोट जानकारी दिएकी छन् ।

उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।

‘सिटाडेल’मा प्रियंका चोपडाले जासुसको भूमिका निभाएकी छन् । अभिनेत्री केही महिनादेखि लण्डनमा छिन् । उनी ‘सिटाडेल’ सिरिजको सुटिङ गरिरहेकी छन् । यो सिरिज अमेजन प्राइममा रिलिज हुने भएको छ ।

हलिउड फिल्म ‘सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

पूर्व युवराज पारस शाहको गेटअपमा भरतमणि देखिएपछि..

हलिउड फिल्म ‘सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

‘ह्वाइट बिकिनी’मा देखिएकी नेहा भसीनको तस्बिरमा युजर्सले

Leave a comment

Your email address will not be published. Required fields are marked *