९ सय किलोमिटर यात्रा गरेर रश्मिकालाई भेट्न उनको घर पुगे फ्यान

एजेन्सी । अभिनेता/अभिनेत्रीहरूका फ्यान उनीहरूलाई माया दर्साउन कहिलेकाहीँ हदै पनि पार गर्छन् । हाल चर्चामा रहेकी रश्मिका मन्दनासँग पनि यस्तै घटना घटेको छ ।

एक डाइहार्ड फ्यान उनलाई भेट्नका लागि तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म करिब ९ सय किलोमिटरको यात्रा तय गरेर पुगे । तर, रश्मिका भने घरमा थिइनन् । जब उनले यो खबर थाहा पाइन् उनले सामाजिक सञ्जालमा यसलाई सेयर गरिन् ।

रश्मिकाले आफ्ना फ्यानहरूलाई यस्तो हर्कत नगर्न र सामाजिक सञ्जालमा नै माया दर्साउन आग्रह गरेकी छन् । साथै उनले कुनै दिन उक्त प्रशंसकसँग भेट्ने आशा पनि व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘साथीहरू मैले भर्खर थाहा पाएँ कि तपाईंहरु मध्ये एक लामो यात्रा गरेर मलाई हेर्न मेरो घरसम्म पुग्नु भएछ । कृपया यस्तो नगर्नु होला… तपाईंसँग भेट्न नपाएकोमा मलाई नराम्रो लागेको छ… आशा गर्छु एक दिन तपाईंसँग भेट हुनेछ । अहिलेका लागि यहीँ मलाई माया देखाउनु होला । म खुसी हुनेछु ।’

९ सय किलोमिटर यात्रा गरेर रश्मिकालाई भेट्न उनको घर पुगे फ्यान

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका

९ सय किलोमिटर यात्रा गरेर रश्मिकालाई भेट्न उनको घर पुगे फ्यान

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ऋषी स्मृती

Leave a comment

Your email address will not be published. Required fields are marked *