‘अहिलेसम्म एमालेमै छु, भोलि जुन ढंगले अघि बढे पनि लोकतन्त्र ओझेलमा पर्न दिन्नँ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अहिले पनि नेकपा (एमाले)मा रहेकाले भोलीको परिस्थितिजस्तो भए पनि लोकतन्त्र ओझेलमा पर्न नदिने बताएका छन्।

विपक्षी गठबन्धनले नागरिक समाजका अगुवा तथा बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा बोल्दै उनले आफूहरु लोकतन्त्रको रक्षा र कानुनी शासनका लागि गठबन्धनमा जोडिएको बताए।

‘म जोडिएको पार्टी नेकपा एमाले, अहिलेसम्म जोडिएकै पार्टी हो, कृपाबाट। यहाँ जोडिएसम्म स्वभाविक रुपमा एउटा स्थितिबाट गुज्रिरहेको छु, त्यो गुज्रिएको स्थितिमा भोली के ढंगले अगाडी बढिन्छ।

नेता नेपालले भने, ‘जस्तो ढंगले अगाडी बढे पनि राष्ट्र बिर्सिने छैन। जनता भुल्ने छैन। लोकतन्त्र ओझेलमा पार्ने छैन। संविधानलाई कुनै पनि हालतमा बिर्सिने छैन। कानुनी शासनका लागि विगतमा पनि लागिएको थियो, अहिले पनि लागिने नै छ। राम्रो गर्न सकिएन भने पनि नराम्रो गर्ने स्थिती नबनोस्।’

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषणहरू रेकर्ड गरेर राख्न पनि आग्रह गरे।

उनले भने, ‘ओलीले मलाई बहुला कुकुरले टोकेको छ ? भन्ने शब्द प्रयोग गर्नुभएछ। हिजो र आजका भाषण दिनुहोला। रेकर्ड राख्नुपर्ने खालका छन्। पनि खोज्दैछु।’

ओलीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा भनेका थिए, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन्। प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ। उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकर्ता हुन् ।

तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो। मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

प्रधानमन्त्री ओली संविधान र लोकतन्त्र विरुद्ध लागेको भएकाले त्यसको रक्षाको लागि गठबन्धन लागेकाले पार्टी कार्यकर्तालाई विचलित नहुन नेता नेपालले आग्रह गरेका छन्।

‘अहिलेसम्म एमालेमै छु, भोलि जुन ढंगले अघि बढे पनि लोकतन्त्र ओझेलमा पर्न दिन्नँ’

कोर्त्वालाई अँगालो हालेर भावुक भएका रोनाल्डोले भने

‘अहिलेसम्म एमालेमै छु, भोलि जुन ढंगले अघि बढे पनि लोकतन्त्र ओझेलमा पर्न दिन्नँ’

स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका

Leave a comment

Your email address will not be published. Required fields are marked *