उपत्यकाभित्र ८ हजारबढि सक्रिय संक्रमित, २७७५ जनाकाे मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हाल ८ हजार तीन सय ९७ जना सक्रिय काेराेना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार सय ५३, भक्तपुरमा एक हजार सात सय ३८ र ललितपुरमा दुई हजार दुई सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकाभित्र हालसम्म दुई हजार सात सय ७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय उपत्यकाभित्र थप पाँच सय १४ जना संक्रमित भेटिएका छन्
।
जसमा काठमाडौंमा तीन सय ५५, भक्तपुरमा ४७ र ललितपुरमा एक सय १२ जना रहेका छन्। देशभर ११ हजार ६ सय ४० जनाको कोरोना परीक्षण गर्दा दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यस्तै,थप कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।






