आफैंसँग विवाह, आफैंसँग डिभोर्स


ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैंसँग विवाह गरेकी थिइन् । अहिले भने उनको जीवनमा नयाँ ट्वीस्ट आएको छ । ब्राजिलियन मोडल क्रिस गलेराले अहिले आएर आफैंसँग पारपाचुके गरेकी छन् । गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिसले आफैंसँग विवाह गरेकी थिइन् ।
‘म पुरुषहरूसँग भरोसा गर्दागर्दै थाकिसकेकी थिएँ । आफ्ना लागि योग्य पुरुष पनि धेरै खोजें’, उनले भनेकी थिएन्, ‘तर, भनेजस्तो पुरुष पाउन सकिनँ । त्यही कारण आफैंसँग विवाह गर्ने निर्णय गरेकी थिएँ ।’ उनले विवाहपछि निकै खुसी रहेको र आफूलाई एक्लो महसुस नभएको बताएकी थिइन् ।
‘विवाहपछि म निकै खुसी थिएँ । मलाई कुनै चिजको पनि कमी महसुस भएन । मेरो कोही जीवन साथी भएन भनेर चिन्ता पनि लागेन’, उनले भनेकी थिइन् । तर, अहिले भने उनले पारपाचुके गरेकी छन् ।
अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन
गलेराले पारपाचुके गर्नुको पछाडिको कारण हो, उनको जीवनमा पुरुषको प्रवेश । आफ्नो एक अन्तर्वार्तामा उनले अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् । पहिले ‘विवाहका लागि राम्रो पुरुष पाइनँ’ भन्ने गलेराले अहिले भने आफूलाई मन परेको पुरुष पाएकी छन् ।
यसका लागि शेखले ५ लाख डलरको अफर दिएको पनि खुलासा भएको छ । ‘मैले ९० दिनसम्म आफैंसँग रोमान्स गरें । आफूलाई खुसी राखेँ । तर, अब मेरो जीवनमा पुरुषको प्रवेश भएको छ’, उनले भनिन्, ‘अब उनीसँगै सम्बन्ध गाँस्ने र जीवनभर पत्नीको भूमिका निभाउने मन छ । ती विशेष मान्छे आएदेखि नै मैले माया र प्रेमको महत्व बुझ्ने मौका पाएकी छु ।
’ गत सेप्टेम्बरमा गलेराले एक क्याथोलिक चर्चमा विवाह गरेकी थिइन् । विवाह गरेपछि चर्च अघि बसेर फोटोसमेत खिचाएकी थिइन् । सेतो पहिरनमा सजिएकी उनले हातमा फूलको बुके लिएर उन्मुक्त हाँसो ह ा ँ स े क थिइन्
। सामाजिक सञ्जालमा उनको तस्बिरको धेरैले प्रसंशा गरेका थिए भने केहीले मज्जाक पनि उडाएका थिए । उनले ती कुराको आफूलाई कुनै परवाह नभएको भन्दै आम मानिस र आफ्नो सोच फरक भएकाले नै आफैंसँग विवाह गरेको बताएकी थिइन् ।






