बालखैमा दिल बस्यो…


तेजबहादुर बस्नेत ÷ मनकुमारी बस्नेत
बाल्यकालमा अशल साथी बनेकाहरु उमेर पुगेपछि जीवन साथी बन्न पुग्छन् । तर त्यसका लागि दुई जनाको मन र व्यवहार भने मिल्न जरुरी छ । बाल्यकालमा स्कुल जाँदा होस् वा गोठाला जाँदा । छिमेकमा सँगै हिँड्दा पनि परिवारले विहेको चर्चा गरि दिन्छन् । त्यही चर्चाले लगन गाँठो पनि कसिन पुग्छ । यस्तै भयो हाल सुर्खेतको बर ाहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र उनको जीवन संगिनी मनकुमारी बस्नेतको जीवनमा पनि । बाल्यकालमा अशल साथी थिए । दुई जनाको दोस्तीलाई देखेर दुई परिवारले विहे नै गरिदिए । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासं :

बालापनका साथी

तेजबहादुर बस्नेत र मनकुमारी बस्नेत एउटै गाउँमा जन्मिएका हुन् । एउटै गाउँमा हुर्किए । सँगसँगै हुर्किएका उनीहरु सानैदेखि परिचित थिए । अझै उनीहरुको पारिवारिक नाता पनि थियो । उनीहरु सँगै खेल्ने, सँगै गोठालो जाने कामसमेत गर्थे । त्यतिबेलाको समयमा महिलालाई पढाउतेतर्फ चासो दिइन्थेन। विद्यालय जाँदा मात्र तेजबहादुर र मनकुमारीको भेट हुदैन्थ्यो ।

साँझ र बिहान घाँस दाउँरा काट्न जाँदासमेत उनीहरु सँगसँगै जान्थे । पारिवारिक नातासँगै नजिकैको छिमेकी भएपछि बालापनदेखि नै उनीहरु एकअर्कामा घुलमिल थिए । उनीहरु सानैदेखिका साथी जस्तै थिए । तेजबहादुर भने विद्यालयमा पढ्थे । मनकुमारीले भने औपचारिक शिक्षा लिन पाएकी थिइनन् । बालापनदेखि नै एकअर्कालाई चिनेका उनीहरुबिचमा सानैदेखि माया ममता थियो । तेजबहादुर र मनकुमारी सँगसँगै लुकामारीसमेत खेल्थे ।

परिवारमा विहेको चर्चा

उनीहरु गाउँमा बस्ने भएकाले जतिबेला पनि भेट भइरहन्थ्यो । उमेर पनि बढ्दै थियो । तेजबहादुर र मनकुमारी खुबै मिल्थे । घरका पशुवस्तुलाई घाँस ल्याउन जाँदासमेत सँगै जान्थे । अनि घरमा आइसकेपछि पनि विभिन्न खेल खेल्ने गर्थे । विस्तारै उनीहरु युवा अवस्थामा पुगे । सानैदेखि साथी भएपछि उनीहरु दुबैले एक अर्कालाई विश्वास गर्थे । अनि दुबै परिवारमा बिवाहको कुरा चल्यो । घरपरिवारमा दुबैजना सँगसँगै हुर्केका र बढेका, सँगै हिँड्ने, घुलमिल धेरै हुने भएपछि दुबै परिवारले बिवाहको प्रसंङ्ग उठाए ।

विहेको कुरा चलेपछि लजाउन थाले

। अनि उनीहरु भेट हुँदा केही लजालु र शान्त स्वभावमा कुराकानी हुन थाल्यो । त्यसभन्दा अगाडी सबै कुरा खुलेर गर्ने उनीहरुबिचमा कुराकानी गर्ने शैली फेरियो । एकदिन तेजबहादुरले मनकुमारीलाई हाम्रो बिवाह गर्ने कुरो चलेको छ, तिम्रो के छ बिचार ? भन्दै सोथे । मनकुमारी भने लजाउँदै बाआमाले जे निर्णय गरे पनि मान्ने बताइन् ।

तेजबहादुर पनि सानैदेखिको साथी मनकुमारीको माया मान्थे । उनी बिवाहको कुरा उठेपछि खुशी थिए । उनीहरु बिचमा भेट भने भइरहन्थ्यो । तर पहिलेको जस्तो गरेर मनकुमारी बोल्थिनन् । उनी लजाउँथिन् । त्यतीबेला उनीहरु दुबै जना भर्खर १९÷१९ बर्ष उमेरका थिए । सानैदेखि सँगै घुमेको खेलको धेरै माया लाग्दो रहेछ उनीहरु भन्छन् ।

परिवारको सल्लाहमा विहे

घरपरिवारमा बिवाहको कुरा मात्र चलेको थियो । त्यो चर्चा निश्कर्षमा पुग्न सकेको थिएन । तेजबहादुर घरको कान्छो छोरा । अनि पढेलेखेको थिए । मनकुमारीको बुवा गाउँका मुखिया थिए । पारिवारिक नाता पनि पर्ने भएको हुँदा उनीहरु दुबै परिवार बिचमा तेजबहादुर र मनकुमारीको बिवाह गराइदिने सहमती भयो ।

उनीहरुले केही समयपछि दुबै जनाको सल्लाहले बिवाह गराइदिए । उनीहरु २०३७ सालमा बिवाह बन्धनमा बाँधिएका हुन् । उमेरले पनि मनकुमारी कलिलै थिइन् । घरको कान्छी छोरी मायाले हुर्केकी उनी बिवाह गरेर घरमा जाँदा फरक महसुश गरेकी थिइन् । गाउँ त एउटै थियो । तर सधैको लागि अर्काको घरमा बस्नुपर्ने भयो भनेर सोच्थिन् ।

तर उनी तेजबहादुरलाई देखिन् भने फेरी केही सम्हालिन्थिन् । घरपरिवारले पनि छोरीको जत्तिकै उनलाई माया दिए । उनी विस्तारै परिपक्व भएसँगै घुलमिल हुँदै गइन् । तेजबहादुरले हनिमुन मनाउने भन्ने त थाहा पाएका थिए । तर त्यतीबेला हनिमुन भनेको घाँस दाउँरा जाँनेलाई बुझिन्थ्यो, तेज बहादुर भन्छन् ।

जीवनमा धेरै संघष

उनीहरुले बिवाहपछि जीवनमा धेरै संघर्ष गर्नुपर्यो । तेजबहादुर पढेलेखेका युवा थिए । उनीहरुलाई खान र लगाउन दुख थिएन । तथापि तेजबहादुर प्रहरीको जागिर खाएर गए । दुबैजना सँगै बस्न पाएनन् । छोराछोरी जन्मि सकेका थिए । तेजबहादुरका दाजुभाई आफ्नो आफ् नो व्यवहारमा लागिसकेका थिए ।

अनि घरमा छोराछोरी स्याहारसँगै सबै व्यवहार धान्नुपर्ने मनकुमारीले धेरै संघर्ष गरिन् । उता तेजबहादुर सिपाहीको जागिर गर्नुपर्ने भएकाले मनकुमारी, छोराछोरी र घरको चिन्तामा हुन्थे । दुबैजना धेरै समय टाढा नै बसे । अनि तेजबहादुरले सिपाहीको जागिर छोडेर घरमा आए। पढाइमा मेहेनत गर्ने उनले शिक्षकसेवा आयोगको तयारी गरे । स्थायी शिक्षकमा नाम निकालेर उनले कालिका प्रावि चुलिडाँडामा पढाउन शुरु गरे ।

अनि उनी त्यहाँको प्रधानाध्यापकसम्म भए । तेजबहादुर शिक्षक हुने बेलासम्म उनीहरु पहिलेको भन्दा त धेरै सहजतामा आइसकेका थिए । तर उनीहरुले आफ् नो मेहेनतलाई छोडेनन् । तेजबहादुरले शिक्षण पेशा छाडेर २०७४ सालको निर्वाचनमा वराहताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

अहिले पनि उनी गाउँपालिकाको अध्यक्षमै बहाल छन् । अहिले उनीहरुको जीवन धेरै सहज भएको छ । अहिले त झनै जिम्मेवारीमा रहेका तेजबहादुर र मनकुमारी सामाजिक काममा समेत संघर्ष गरिरहेका छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा गणेशबहादुर बस्नेत र आमा बालकुमारी बस्नेतको कोखबाट विस २०१८ सालमा तेजबहादुर बस्नेतको सुर्खेतको वराहताल गाउँपालिकाको कुनाथरीमा जन्म भएको हो । उनी घरको कान्छो छोरा हुन् । उनका ६ भाईबहिनी छन् । हरेक कुराको चासो राख्ने र गम्भिर स्वभावका बस्नेतले सानो कक्षा गाउँकै विद्यालयमा पढेका हुन् ।

उनले जनमावि सुर्खेतबाट एसएलसी पास गरे । शिक्षा क्याम्पसबाट विएडसम्म पढेका उनले सामाजिक क्षेत्रमा सानैदेखि चासो र चिन्ता राख्थे । यस्तै बुवा चन्द्रबहादुर गौतम र आमा मनिकला गौतमको कोखबाट २०१८ सालमा सुर्खेतको कुनाथरीमा मनकुमारी बस्नेतको जन्म भएको हो । उनी पनि घरको कान्छी छोरी हुन् । उनले औपचारिक शिक्षा ठुलो उमेर भएपछि मात्र लिइन् । प्रौढ शिक्षाबाट शुरु गरेको अध्यन ५ कक्षासम्म पढ्न सकिन् ।

सल्लाह र सहकाय

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । तेजबहादुर जनताको काम धेरै गर्ने भएकाले धेरै फुर्सद पाउँदैनन् । त्यही भएर फुर्सदको समयमा यो जोडी विभिन्न ठाउँहरुमा घुम्न पनि जान्छन् । घरमा राजनीतिक र सामाजिक विषयमासमेत बहस गर्छन् । विश्वास र मायाले सम्बन्ध टिकाउन मात्र होइन, सफल बनाउने यो जोडीको निस्कर्ष छ ।

बालखैमा दिल बस्यो…

बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै

बालखैमा दिल बस्यो…

आफैंसँग विवाह, आफैंसँग डिभोर्स

Leave a comment

Your email address will not be published. Required fields are marked *