भरुवा बन्दुक सहित एक जना पक्राउ

जाजरकोट । जाजरकोटमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमो नलगाड नगरपालिका–१० कोटीसल्लाका ५६ बर्षिया मोहन विक छन् ।
इजाजत बिना हतियार राखेका कारण उनलाई पक्राउ गरिएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जनाए ।
घर नजिकैको बाँदर हेर्ने भनि बनाएको कटेरोमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुकसहित त्यसमा लाग्ने १५ थान गोली नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुधबार पक्राउ गरिएका उनलाई बिहीबार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट ल्याइएको प्रहरी जनाएको छ ।






