संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

काठमाडौं : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिएका छन्।

जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उनी इजलासमा नबस्ने भएका हुन्।

निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिएका छन्।

यस्तै मुद्दाको फैसला हुने दिन जबरा बिदामा बस्ने भएका छन्। यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए।

संवैधानिक परिषदमा पदाधिकारी नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए।

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रबारलाई पेसी तोकिएको सर्वोच्चका सूचना विज्ञ किशोर पौडेलले जानकारी दिए।

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

अष्टिम्की पर्वमा अन्तरक्रिया

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

कालिकोटमा नेपालको पक्षमा दुईतिहाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *