५९ विश्व रेकर्ड बनाएका उपाध्यायलाई ‘पदम श्री’ को चाहना

काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ७ विश्व कीर्तिमान फेरि थपेका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई विभिन्न सात विश्व रेकर्ड प्रदान गरेका हुन् । योसँगै उनका ५९ रेकर्ड बनेका छन् ।

उपाध्यायका अहिले ७ रेकर्ड ४१ वटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गीति कविता, १७० फरक ब्रान्डका मोबाइलको नाम प्रयोग गरिएको गीति कविता, एक सय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता, ६० वटा गाडीको नाम प्रयोग गरिएको गीति कविताबाट प्राप्त गरेका हुन् ।

उनका अहिलेको रेकर्डमा एभरेष्ट वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, अमेरिकी बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक लगायत संस्थाले दिएका छन् ।

कार्यक्रममा पूर्व मन्त्री यादवले उपाध्यायले कलाको माध्यमबाट राज्यलाई ठूलो गुन लगाएको बताए । कार्यक्रममा डा.उपाध्यायले आफुले विश्वका बिभिन्न ५९ रेकर्ड प्राप्त गर्दा समेत राज्यले कुनै सम्मान दिएको गुनासो गरे । राज्यले मन्त्री र नेताका नजिक भएका मानिसलाई राष्ट्रपतिको हातबाट सम्मान दिएको उनको भनाई रहेको थियो ।

‘मेरो अबको धोको भारतको प्रतिष्ठित अवार्ड ‘५९ विश्व रेकर्ड बनाएका उपाध्यायलाई ‘पदम श्री’ हो’ उनले थपे । कार्यक्रममा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पत्रकार तथा साहित्यकार कृष्ण भुषाल लगायतको उपस्थिति रहेको थियो ।

५९ विश्व रेकर्ड बनाएका उपाध्यायलाई ‘पदम श्री’ को चाहना

फिल्म ‘एटीन’ अमेजन प्राइममा रिलिज

५९ विश्व रेकर्ड बनाएका उपाध्यायलाई ‘पदम श्री’ को चाहना

जेबी टुहुरे : एमाले छाडेर, टुहुरै बनेर

Leave a comment

Your email address will not be published. Required fields are marked *