फिल्म ‘एटीन’ अमेजन प्राइममा रिलिज

काठमाडौं । फिल्म ‘एटीन’ अमेजन प्राइममा रिलिज भएको छ । निर्माता तथा निर्देशक प्रेम लामाको फिल्म डिजिट प्लेटफर्ममार्फत रिलिज भएको जानकारी दिए ।
नेपालमा बेलायतमा छायाँकन भएका फिल्ममा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायती कलाकारहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज लगायतको अभिनय छ ।
नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै जन्मिएर हुर्किएको दोश्रो पुस्ता बीचको अन्तर, मनोविज्ञानको कथा फिल्मले विषयवस्तु बनाएको छ ।
तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्माण भएको यो फिल्ममा चन्द्रकुमार डोङ र ताराप्रकाश लिम्बुको संगीत, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अशोक कुमार र प्रतिक दुदराजको छायाँकन छ ।
फिल्म निर्माता पनि निर्देशक लामा हुन् । उनले यस अगाडि ३ फिल्म बेलायतमा नै निर्माण गरेका थिए ।






