दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

काठमाण्डौ : दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ । यसैबीच बेलायतले कोरोना सङ्क्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातो सूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो ।

ती देशहरुमा अस्थायी रुपमा उडानमा प्रतिबन्ध लगाएको हो । यस्तै गैर बेलायतका नागरिकलाई बेलायत जानबाट पनि अस्थायी रुपमा रोक लगाएको बीबीसीले जनाएको छ।

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

एमालेको महाधिवेशन अन्तर्गत बन्द सत्र अझै सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *