वीरेन्द्रनगरमा जेसीजको क्षेत्र सम्मेलन

सुर्खेत । (शुक्रबार)देखि वीरेन्द्रनगरमा नेपाल जेसीजको क्षेत्र (घ) अन्तर्गत सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म हुने सम्मेलनमा देशैँ भरीबाट जेसीजहरुको सहभागिता रहने छ । कोरोनाको जोखिम कारण सम्मेलन भौतिक र भर्चुअल रुपमा हुने हुने छ ।

अन्तर्गत जेसीजका मुख्य पदाधिकारीहरु भौतिक रुपमा सहभागी हुनेछन् भने अन्य सदस्यहरु तथा जेसीजसँग सम्बन्धित व्यक्तित्वहरु भर्चुअल मार्फत जोडिने सम्मेलन निर्देशक नन्द विसीले जानकारी दिए ।

एक व्यक्ति एक पद रही एक वर्ष कार्यकाल रहने प्रमुख विशेषता रहेको जेसीजले हरेक वर्ष नेपालभरी ४ वटा क्षेत्रीय सम्मेलन सम्पन्न गर्ने उद्देश्य अनुरुप क्षेत्र (घ) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा सम्मेलन हुन लागेको हो ।

वीरेन्द्रनगरमा जेसीजको क्षेत्र सम्मेलन

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

वीरेन्द्रनगरमा जेसीजको क्षेत्र सम्मेलन

संकटमा राउटे समुदायको अस्तित्व, मदिराको कुलतले बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *