जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

सुर्खेत । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एम.पी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक श्री शरद मिश्रले भदौ ९ गते बुधबार शोरूमको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा उहाँले भन्नु भयो, “जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक छ ।

हामीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू छन उदाहरणका लागि भीडभन्दा बाहिर उभिनबाहेक अरु केही नचाहने तथा आफ्नो मोटरसाइकल आफ्नो रुचिअनुकूल संरचित गर्नका लागि ठूलो पैसा खर्च गर्ने सोचमा हुनेहरूका लागि पेराक एउटा रोचक विकल्पको रूप मा आउँछ भने जावा र जावा फोर्टी–टूले यसअघि नै नै देशभरि तरंग सिर्जना गरिसकेकोे छ ।

यसर्थ,जावा मोटरसाइकल सुर्खेत बजारमा पनि विशेषगरी युवाहरू र मोटरसाइकल प्रेमीहरूका बीच सफल हुनेमा हामी सुनिश्चित छौं ।”

एम.पी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीका अनुसार, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लार्गि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं ।

जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ०८३–५२२०८०÷९८५८०५१५०९ डायल सक्नु हुनेछ ।

जावा मोटरसाइकलको बारेमा

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।

यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकताएहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

पुनस्र्थापनामा ध्यान देऊ

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

वीरेन्द्रनगरमा जेसीजको क्षेत्र सम्मेलन

Leave a comment

Your email address will not be published. Required fields are marked *