विश्व बैंकले अफगानिस्तानका परियोजनामा भुक्तानी रोक्यो

एजेन्सी । विश्व बैंकले अफगानिस्तानमा सञ्चालित परियोजनाहरूमा भुक्तानी रोकिदिएको छ। कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले त्यहाँका परियोजनामा भुक्तानी रोक्ने निर्णय गरेको हो।

तालिबानको नियन्त्रण रहँदा अफगानिस्तानका विकास परियोजना र महिलाहरूलाई निकै असर पर्ने विश्व बैंकले जनाएको छ। यसअघि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि अफगानिस्तानमा भुक्तानी दिन बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले पनि अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति जफत गरिसकेको छ।

विश्व बैंकका एक प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘हामीले अफगानिस्तानमा भुक्तानी रोकेका छौँ, त्यहाँको पछिल्लो अवस्थाबारे विश्व बैंकले आन्तरिक नीति र प्रकृयाअनुसार अवलोकन गरिरहेको छ, अन्तरराष्ट्रिय साझेदार र विकासमा सहभागीहरूसँग कुराकानी जारी राख्नेछौँ, अफगानी नागरिकलाई सहयोग प्रदान गर्ने बाटो खोज्दैछौँ।’

बैंकले काबुलमा रहेका सबै कर्मचारीलाई सुरक्षित तवरले पाकिस्तान पठाइएको जानकारी दिएको थियो। सहायता रोक्का गर्ने विश्व बैंकको पछिल्लो फैसला अफगानिस्तानको नयाँ सरकारका लागि ताजा र जोडदार झट्का भएको बीबीसीमा उल्लेख छ।

विश्व बैंकले अफगानिस्तानका परियोजनामा भुक्तानी रोक्यो

अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *