अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै तालिबान

एजेन्सी । अफगानिस्तान कब्जामा लिएको कट्टरपन्थी तालिबान समूहले पञ्जशीर प्रान्तका आफूविरोधी लडाकू समूहसँग वार्ता गर्ने बताएको छ।

लडाइँमार्फत पञ्जशीर नियन्त्रणमा लिँदा निकै कठिनाइ र हताहती ब्यहोर्नुपर्ने भएपछि तालिबानले वार्ताको माध्यम अपनाउन लागेको हो।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पञ्जशीरका लडाकूहरूलाई ‘आफ्ना भाइहरू’ भन्दै वार्तामा बस्न आह्वान गरेका हुन्। पञ्जशीरका मानिसहरूले केही आपत्ति जनाएको भन्दै उनले वार्ता गर्न आफूहरूको एक प्रतिनिधिमण्डल बनाइएको जानकारी पनि दिएका छन्।

तालिबानले अफगानिस्तान कब्जा गरेपनि अहिलेसम्म पञ्जशीरलाई नियन्त्रणमा लिन सकेको छैन। सो प्रान्त पूर्व मुजाहिद्दिन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदको नियन्त्रणमा छ।

तालिबानले मुुजाहिद्दिनविरुघ लड्न आफ्ना लडाकूलाई पञ्जशीरमा पठाएपनि भारी हताहती ब्यहोरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

सो समूहका सांस्कृतिक आयोग सदस्य मुफ्ती अनामुल्ला समांगानीले पञ्जशीरको लडाकू समूहसँग वार्ता गर्न निकै प्रयास भइरहेको बताएका छन्। उनले भनेका छन्, ‘अहमद मसूद र पञ्जशीर मामिलामा सहभागी अन्य धेरै मानिससँग तालिबानको प्रतिनिधिमण्डलले भेट गर्नेछ।’

तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि नै पञ्जशीरका नेताहरूले सरकारसँग अधिक स्वायत्तता दिन माग गरिरहेका थिए।

लडाइँ लड्न तालिबानले लडाकू पठाएपछि यतिखेर पञ्जशीरको अवस्था निकै तनावपूर्ण छ। सो उपत्यकाका लडाकूहरूले तालिबानी लडाकूहरूलाई रोकिदिएका छन्। नजिकै रहेको बदख्शाँ प्रान्तबाट पञ्जशीर उपत्यकामा प्रवेश गर्न खाजेपनि तालिबान असफल भएको छ।

तालिबानविरोधी पञ्जशीरको विरोधी दस्तामा सामेल भएका अफगान सेनाका कमाण्डो मेजर बजीर अकबरले पछिल्लो भिडन्तमा तालिबानका धेरै लडाकू हताहत भएको बताएका छन्।

अहमद मसुदले तालिबानसँग लड्न आफूहरूसँग पर्याप्त मात्रामा गोलाबारुद र हतियार रहेकाले पछि नहट्ने बताइरहेका छन्।

अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै तालिबान

विश्व बैंकले अफगानिस्तानका परियोजनामा भुक्तानी रोक्यो

अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै तालिबान

ठगी आरोपमा सुर्खेतका दुईजना पत्रकार पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *