ठगी आरोपमा सुर्खेतका दुईजना पत्रकार पक्राउ

सुर्खेत । ठगी आरोपमा दुई जना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

दुवैजनाले अनलाइन पत्रिका ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन्। शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ।

आफ्नो कम्पनीमा सेयर खुलेको भनेर केही व्यक्तिहरूलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ठगी आरोपमा सुर्खेतका दुईजना पत्रकार पक्राउ

अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै

ठगी आरोपमा सुर्खेतका दुईजना पत्रकार पक्राउ

एमाले विभाजन गर्न अध्यादेश ल्याइयो : ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *