वीरेन्द्रनगरले ल्यायो एक अर्ब ५६ करोड बराबरको बजेट, वीरेन्द्रनगरलाइ उप-महानगरपालिका बनाइने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट,नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको नवौं नगर सभा मार्फत नगर उपप्रमुख मोहनमाया ढकालले बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि एक अर्ब ५६ करोड बराबरको बजेट प्रस्तुत गरिन् ।

नगरपालिकाले चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार छ सय ३५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

नगर–उपप्रमुख ढकालले आगामी आर्थिक बर्षको बजेटमा कोरोना रोकथामलाई मध्यनजर गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, सार्वजानिक निर्माण र पर्यावरण लगायतका विषयलाई प्राथामिकतामा राखिएको बताइन् ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत नगरभित्रै गुणस्तरीय बिउ र खाद्यान्न उत्पादन गर्नका लागि ‘एक वडा उक सामुदायिक बिउ बैंक’ स्थापना गर्ने उल्लेख गरेको छ ।

यस्तै ‘एक सहकारी एक उत्पादन, एक गाउँ एक उत्पादन’ कार्यक्रम, ‘कृषिमा व्यावसायिकता, युवामा उद्यमशीलतालाई पनि जोड दिँदै आवश्यक बजेट विनियोजन गरिएको ढकालले बताइन् ।

वीरेन्द्रनगरले ल्यायो एक अर्ब ५६ करोड बराबरको बजेट, वीरेन्द्रनगरलाइ उप-महानगरपालिका बनाइने

दैलेखमा निषेधाज्ञा अझैं खुकुलो पारिंदै

वीरेन्द्रनगरले ल्यायो एक अर्ब ५६ करोड बराबरको बजेट, वीरेन्द्रनगरलाइ उप-महानगरपालिका बनाइने

चौकुनेकाे बजेट ४८ करोड ७५ लाख ७०

Leave a comment

Your email address will not be published. Required fields are marked *