बाफिकोट गाउँपालिकाकाे पाचौं गाउँसभा सम्पन्न

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुम पशिमको बाफिकोट गाउपालिका पाचौ गाउसभा सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष ०७८ / ०७९ को नीति तथा बजेट पेश भएको छ । गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले गाउसभामा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम तथा बजेट पेश गरेका छन ।
गाउपालिका अध्यक्ष केसीले ४६ करोड ६७ लाख बजेट पेश गरेका छन । ३ तहका सरकारको बजेट, प्राकृतिक साधन र मानबिय उर्जा शक्तिलाई गाउ विकास निर्माणको आवधिक र मध्यकालीन खर्च संरचनाले परिकल्पना गरे बमोजिम प्राथामिकता दिने क्रमश शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई , मानव विकासमा गत वर्षकै निरन्तर दिदै नीति कार्यक्रम तय गरिएको बताएको छ ।
आगामी आर्थिक बर्षका लागि कोरोना भाईरसका निम्ति नागरिकको सुरक्षाका र आर्थिक बिकास काम कृषि पशुजन्य उधोगबाट रोजगार शिर्जना गरि युवाहरुलाई रोजगारको व्यवस्था् गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।






