वन तथा वातावरण जोगाउन सडक कार्यक्रम

दुर्गा विसि

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको आयोजनामा सचेतनामुलक सडक कार्यक्रम आयोजना गरिएको छ ।
वातावरण स्वास्थ र सफा राख्न सम्बन्धि स्थानीय तहमा वातावरण सरसफाइ तथा कोभिड(१९ स्वास्थ सामग्री वितरण अभियान अन्तर्गत कलाकार,खेलाडी र स्वंसेवक एवं सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियोे ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रम सल्लिवजार वासिहरुको माझमा स्वास्थ्य र सरसफाईलाई ध्यान दिन जरुरी रहेको कुरा नाटकबाट सचेत पारिएको थियोे । त्यससँगै कलाकारहरुले वातावरण जोगाउन अपिल सहितको नृत्य संगितका माध्यमबाट मनोरञ्जन थपेका थिए ।
वन जोगाउन स्थानीय तहको महत्त्वपूर्ण जिम्मेवारी भएकोले यश स्थानीय तहका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गोविन्द कुमार पुनलाई कार्यकमै प्रतिवदता जनाउन लगाएको थियोे । व्यक्तिगत सरसफाइ र वातावरणीय सरसफाइसम्बन्धी कुरामा सचेत रहन विभिन्न अभिनयका माध्यमबाट सजगता वनाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक तथा कार्यक्रमका संयोजक मोहन जंग कार्कीले वताए ।
त्यसै गरि नगर प्रमुख गोविन्द कुमार पुनले वातावरण सम्बन्धि कुरा संरक्षणमा विशेष जोडदिने वचन समेत प्रकट गरे । वातावरण नजोगाए मावन सभ्यता नै संकटपुर्ण अवस्थामा गुर्जिने र यसले मानव जातिलाई ठुलो नोक्सानि हुने कुरामा सबै साबधान हुन जरुरी रहेको प्रमुख प्रशासकिय अधिकृत मोनोज रेग्मीको भनाइ रहेको थियोे ।
कार्यक्रमका अर्को वक्ता नेकपा माओवादि केन्द्रका जिल्ला अध्यक्ष कर्ण वहादुर वुढाथोकिले स्थानीय तहरुले जथाभावी सडकका नाममा वातावरण स्खलित वनाउने काम भएकोले यश तर्फ सचेत रहन आग्रह गरेका थिए भने विना मापदण्डअनुसार सडक खनेर वातावरण नै तहसनहसको अवस्थामा पुग्न थालेकोले साब्धानि अपनाउन आग्रह गरेका थिए ।
वन जोगाउ र वतावरण सरसफाइमा ध्यानकृष्ट कार्यक्रम स्वास्थ्य संयोजक वासुदेव पोख्रेल,लेखा अधिकृत दिनेश भण्डारी,महिला शाखा प्रमुख निरु शाहि,अन्य कर्मचारी व्यापारी र कलाकार,पत्रकार जनप्रतिनिधि र स्थानीय वजारवासिको उपस्थिति रहेको थियोे ।






