पञ्चपुरी–४ का वडाअध्यक्षले इन्जिनियरलाई कुटे

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा कार्यरत इन्जिनियरमा माथि कुटपिट भएको छ । नगरप्रमुख उपेन्द्र थापाको कार्यकक्षमा वडाध्यक्ष द्धारा इन्जिनियर माथि आक्रमण भएको हो ।
पञ्चपुरी नगरपालिका–४ का वडाअध्यक्ष प्रेम शाहीले उक्त गाउँपालिकामा कार्यरत इन्जिनियर मोहन मल्लमाथि बुधबार साझ ५ बजेतिर हातपात गरेका हुन । वडाअध्यक्ष शाहीले आफ्नो फोन नउठाएको भन्दै आफुलाई आक्रमण गरेको इन्जिनियर मल्लले बताए ।
आर्थिक वर्षको अन्त्य भएकोले काममा व्यस्त भएको बेला नगरप्रमुखको कार्यकक्षमा बोलाई फोन नउठाएको बाहाना पाँदै आफुमाथी हातपात गरिएको मल्लको भनाई छ ।
इन्जिनियर मल्ले भने ‘१५ पटक फोन गर्दापनि मेरो फोन किन नउठाएको ? साइटमा किन नआएको ? विल बनाउन ढिला गरेर जनतालाई किन दुख दिएको ? तैले मलाई नटेर्ने ? भनेर वडा अध्यक्षले भनेपछि तपाईको वडा मेरो कार्यक्षेत्र भित्र पर्दैन, मेरोमा तपाई फोन पनि आएको छैन भन्दा वडाध्यक्षले बढि बोल्छस् भनेर हातपात गरेका हुन ।’
पहिलोपटक हातपात गरेपछि आफु बाहिर निस्केको र नगरप्रमुखले बोलाउनु हुन्छ भनेर भित्र बोलाई फेरी पनि आफु माथि हातपात भएको मल्लले बताए । नगरपालिकामा २ जान इन्जिनियर भएकोले कार्यक्षेत्र विभाजन गरी गरेकोले वडा नम्बर ४ आफ्नो जिम्मा नभएको र वडाध्यक्षको फोन पनि आफुलाई नआएको मल्लको भनाई छ ।
आफुलाई हातपात हुँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सँगै भएपनि एक शब्द नबोलेको उनको भनाई छ । इन्जिनियर मल्लमाथि भएको उक्त हातपात प्रति पेशागत संगसंगठनहरुले आपत्ति जनाउदै वडाअध्यक्षलाई कारबाहीको माग गरेका छन् ।






