जब समाचार पढ्दा-पढ्दै पत्रकारले भने- लेडिज एन्ड जेन्टलमेन, हामीले तलब पाएका छैनौं

एजेन्सी ।  दक्षिणी अफ्रिकी मुलुक जाम्बियाको एक टेलिभजनका समाचार वाचकले लाइभ समाचार पढ्दा-पढ्दै आफूहरूले तलब नपाएको बताएपछि अहिले उनको चर्चा भइरहेको छ।

केबिएन टिलिभिजनका समाचार प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा आफूसहित अन्य सहकर्मीहरूले तलब नपाएको बताएका हुन्। उनले गत शनिबारको समाचार बुलेटिनमा आफूहरू पनि मानव नै भएको र तलब पाउनुपर्ने भनेका हुन्।

क्यामेरातिर हेर्दै समाचार पढिरहेका प्रस्तोता कालिमिनाले एक्कासी रोकिन्छन् र भन्छन्,’समाचार बाहेक, लेडिज एन्ड जेन्टलम्यान, हामी पनि मानव हौं। र हामीले पनि तलब पाउनुपर्छ।’

‘दुर्भाग्यवश, केबिएनमा हामीलाई तलब दिइएको छैन… श्यारोन र मलगायत अरू सबैलाई तलब दिइएको छैन। हामीले तलब पाउनुपर्छ।’

त्यसपछि स्टेशनले लाइभ काटिदिएको थियो । त्यसरी लाइभ आएपछि केबिएन टिभीले कालिमिनाले गरेको व्यवहारलाई रातारात ख्याति कमाउने स्टन्ट भनेको छ। साथै, प्रस्तोता कालिमिनाले रक्सी खाएर लाइभ गएको आरोप लगाएका छ।

टेलिभिजनले रक्सी खाएर कसरी लाइभमा पसेकोबारे पनि अनुसन्धान गरिने बताइएको छ। तर कालिमिनाले भने सो आरोप स्वीकारेका छैनन्। आफूले समाचार पढ्नुअघि तीन वटा अरू कार्यक्रम चलाएकाले कति बेला रक्सी खाएँ भनेर प्रश्न गरेका छन्।

https://www.facebook.com/100003663952882/videos/2225548130910630/

उनले उक्त भिडिओ आफ्नो फेसबुक पेजमा लेखेर भनेका छन्, ‘हो, मैले लाइभ टेलिभिजनमा त्यस्तो गरें किनकी धेरैजसो पत्रकारहरू बोल्न डराउँछन् भन्नुको अर्थ यो होइन की पत्रकारहरूले बोल्नुहुन्न।’

केबिएन टिभीका प्रमुख कार्यकारी केन्नेडी म्यामबीले विज्ञप्ति जारी गर्दै कालिमिनाले रक्सी खाएर गरिएको व्यवहार भनेका छन्। ‘भर्खरको टेलिभिजन स्टेशन हुनुको नाताले हामी धेरै प्रतिभाशाली र व्यावसायिक टिमसँग महान् चरित्रका साथ काम गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

जब समाचार पढ्दा-पढ्दै पत्रकारले भने- लेडिज एन्ड जेन्टलमेन, हामीले तलब पाएका छैनौं

सुर्खेतमा एक हप्ता निषेधाज्ञा थप्ने निर्णय

जब समाचार पढ्दा-पढ्दै पत्रकारले भने- लेडिज एन्ड जेन्टलमेन, हामीले तलब पाएका छैनौं

पञ्चपुरी–४ का वडाअध्यक्षले इन्जिनियरलाई कुटे

Leave a comment

Your email address will not be published. Required fields are marked *