सुर्खेतमा एक हप्ता निषेधाज्ञा थप्ने निर्णय

सुर्खेत । गत बैषाख १४ गते बाट सुर्खेतमा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार एक हप्ता निषेधाज्ञा थप गदै असार १७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बिस्तारै निषेधाज्ञालाई खुकुलो पाँदै एक हप्ताका लागि लकडाउन थप्ने निर्णय भएको बताए ।
यस पट्कको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाकुँडाका पसलसँगै पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने भएको छ ।
भने बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू हुने प्रशासनले जनाएको छ ।






