सुरु भयो सम्पादकसँग विपक्षी गठबन्धनको छलफल

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया सुरु भएको छ । सरकारविरुद्ध रहेका ५ दलका शीर्ष नेताले बिहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सम्पादकहरूसँग अन्तर्क्रिया सुरु गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागिएको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू उपस्थित छन् भने विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू पनि छन् ।

निवासमा बुधबार साँझ बसेको पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

सुरु भयो सम्पादकसँग विपक्षी गठबन्धनको छलफल

घुँयत्राे : “चोक्टा खान गाकी बुढी झोलाँ

सुरु भयो सम्पादकसँग विपक्षी गठबन्धनको छलफल

सुर्खेतका व्यावसायिक किसानलाई कृषि औजार वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *